Ad Image

संसद् सचिवालयले भन्यो, 'ओबिएस सिष्टममा समस्या आएकाले संसद् बैठक लाइभ हुन सकेन'

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743329980.jpeg

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभातर्फको ओबिएस सिस्टममा समस्या आएकाले प्रत्यक्ष प्रसारण हुन नसकेको बताएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले सिस्टममा देखिएको समस्या समाधानका लागि मर्मत कार्य भइरहेको जानकारी दिएका छन् ।


‘आज प्राविधिक कारणले प्रतिनिधिसभातर्फको ओबिएस सिस्टममा समस्या आएको र हाल मर्मत भैरहेकोले लाईभ प्रसारणमा समस्या रहेको ब्यहोरा अनुरोध छ,’ सहायक प्रवक्ता कोइरालाले भनेका छन् ।


विपक्षीहरूले अवरोध गरेको प्रतिनिधिसभा बैठक लाइभ नभएपछि उनीहरूले षड्यन्त्रमुलक तरिकाले लाइभ काटिएको बताएका थिए । आफूहरूको अवरोधपछि संसद् बैठक कक्षबाट बाहिरिने क्रममा नेकपा ९माओवादी केन्द्र०का सांसद् माधव सापकोटाले संसद्को लाइभ सुनियोजित रूपमा बन्द गरिएको आरोप लगाए  ।  ‘संसद्को लाइभ बन्द गरियो, सुनियोजित भयो भन्ने हाम्रो माग हो,’ सापकोटाले सञ्चारकर्मीहरूसँग भनेका थिए ।