Ad Image

गण्डकी विश्वविद्यालयका ७८ कर्मचारीको स्थायी प्रक्रिया रोक्न उच्च अदालतको आदेश

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743330549.jpg

पोखरा । गण्डकी विश्वविद्यालयले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्थायी गर्ने तयारी गरेको छ । कर्मचारी स्थायी गर्नका लागि पत्रिकामा सूचना समेत जारी भैसकेको छ । एकै पटक ७८ प्राध्यापक तथा कर्मचारीहरू स्थायी गर्ने तयारी विश्वविद्यालयको छ ।


विश्वविद्यालयले स्थायी गर्ने तयारी गरिरहँदा उच्च अदालत पोखराले भने तत्काल प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता मनोज घर्ती मगरले प्रतिस्पर्धा विना ठुलो संख्यामा कर्मचारी स्थायी गर्न नमिल्ने भन्दै शुक्रबार रिट दर्ता गरेका थिए ।


विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिले हालसम्म करारमा नियुक्त भएर कार्यरत शिक्षक कर्मचारीहरूलाई स्थायी नियुक्ति दिन लागेको हो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पदपूर्तिको सबै काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


अर्को आदेश नभएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन भनेको छ ।