मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

भरतपुर महानगरपालिका

रेणु दाहाल

काठमाडौं महानगरपालिका

मेलौली नगरपालिका

मालिका गाउँपालिका

डाक्नेश्वरी नगरपालिका

अनुगमन

राष्ट्रिय महिला आयोग

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

Mayorsap

आइत, फागुन २५, २०८१ | २२:२७ बजे

काठमाडौं । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । ​​​​​​​न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो ।

 

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

 

त्यसैगरी  भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २र२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए । ​​​​​​​योसहित भारतले तेस्रो पटक आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । भारतले यसअघि २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्युजिल्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology