मेयरसाप

अर्थ

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

सूर्योदय नगरपालिका

गुणस्तरहीन दुध

रामगोपाल नगरपालिका

अस्पताल

क्रसर उद्योगमा मेयर रेणुको ‘कनेक्सन’बारे भरतपुर कार्यपालिकामा उठ्यो प्रश्न

Mayorsap

आइत, फागुन २५, २०८१ | ००:०४ बजे

चितवन । भरतपुर महानगरपालिकामा अवैध रुपमा क्रसर उद्योग चलाउन दिएको विषयमा कार्यपालिकामा मेयर रेणु दाहालको ‘कनेक्सन’बारे प्रश्न उठेको छ ।

 

आज बसेको कार्यपालिका बैठकमा भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर १ का अध्यक्ष केशव महर्जनले ६ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्न दिएको विषयमा प्रश्न उठाएका थिए । 

 

वडा नम्बर १ मा महानगरपालिकाले राजी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई गएको एक वर्ष अघि ६ महिनाका लागि सञ्चालनको अस्थायी इजाजत दिइएको थियो ।

 

भरतपुर महानगरपालिकाको ०८० भदौ २९ गतेको नगर कार्यपालिकाको निर्णय तथा भरतपुर महानगरको ०८० माघ २४ को निर्णयअनुसार बढीमा ६ महिना महानगरभित्रका विकास निर्माणका काम गर्न राजी कन्ट्रक्सनलाई अस्थायी सञ्चालनको अनुमति ०८० फागुन ६ गते दिइएको देखिन्छ । तर एक वर्ष बितिसक्दा पनि उक्त कन्ट्रक्सनले पालिकाका नदीहरुबाट नदीजन्य सामाग्रीहरु उत्खनन् गरी प्रयोग गरिरहेको छ । तर यस विषयमा मेयर रेणु दाहाल मौन देखिन्छिन् । 

 

महानगरपालिकाले उक्त कन्ट्रक्सनको काम रोकेको पनि छैन र नगर कार्यपालिकाबाट कुनै निर्णय पनि गराएको छैन । मेयर रेणु दाहालसँग सम्बन्ध बनाएर कन्ट्रक्सनका मालिकले राज्यको दोहान गरिरहेको वडा अध्यक्ष महर्जनले नगर कार्यपालिका बैठकमा प्रश्न उठाउँदा मेयर रेणु चूप बसेको स्रोत बताउँछ । उनको मौनताले उक्त कन्ट्रक्सनसँग मेयर रेणुको आर्थिक लेनदेनको ‘कनेक्सन’ हुनसक्ने आशंका बढेको छ ।

महानगरपालिकाले गएको ४ गते उक्त क्रसर बन्द गरी क्रसर सञ्चालन भएदेखि अहिलेसम्मको मासिक विवरण बुझाउन पत्र काटेको पनि देखिन्छ । तर त्यसको भोलिपल्ट पनि उक्त कन्ट्रक्सनले गिट्टी बालुवाहरु बेचेको बील नै सार्वजनिक भएको छ । त्यो पनि महानगरपालिकाको विकास निर्माणका कामभन्दा बाहिर उक्त कन्ट्रक्सनले खुल्ला रुपमा नदीजन्य सामाग्री बेचिरहेको भेटिन्छ ।

अहिले पनि उक्त क्रसर निर्वाध रुपमा चलिरहेको छ । महानगरपालिकाले पहिला अस्थायी रुपमा ६ महिनाका लागि महानगरभित्रका सबै तहका विकास निर्माणमा मात्रै निर्माण सामाग्री उपलब्ध गराउने गरी क्रसर सञ्चालनको अनुमति दिएको देखिन्छ । तर अहिले उक्त क्रसरले महानगरका आयोजना भन्दा बाहिरका आयोजनामा पनि नदीजन्य सामाग्री बेचिरहेको छ ।
 

मेयर रेणु मौन रहनु, जिल्ला प्रशासनले कुनै कार्बाही अगाडि बढाउन नसक्नु र क्रसर निर्वाध रुपमा अहिले पनि सञ्चालन हुन र महानगरमा कुनै बील बीजक नबुझाउनुले मेयर रेणुको क्रसर उद्योगसँग ‘लाभ’को सम्बन्ध हुनसक्ने आशंका गर्ने प्रशस्त ठाउँ देखिन्छ । यो क्रसर भरतपुर महानगरको वडा नम्बर १ मा रहेको ठिमुरामा सञ्चालन भइरहेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology