मेयरसाप

अर्थ

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

बालमैत्री

कृषि अनुदान

छाँयानाथ रारा नगरपालिका

वीरेन्द्रनगर नगरपालिका

भैरवी गाउँपालिका

द्वन्द्व प्रभावित परिवारलाई तरकारी खेती सम्बन्धी तालिम

Mayorsap

सोम, फागुन २६, २०८१ | १०:२८ बजे

डीबी विष्ट/बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ की सुधादेवी जप्रेलको घरमा अन्य सदस्य कोही पनि छैनन् । बुढी सासु भारतमा माइती गएकी छन् । भएको एउटी छोरी पनि उच्च शिक्षाका लागी काठमाडौं गएकी छन् । घरको र खेतबारीको कामकाजको सम्पूर्ण जिम्मेवारी सुधाकै काँधमा छ । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माओवादीले उनको श्रीमानको हत्या गरेपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आएको हो । उनको छोरी २ वर्षकी हुँदा उनको श्रीमानको हत्या गरिएको थियो । उनका श्रीमान दीपक जप्रेल गाउँ नजिकैको विसौना चौरमा शिक्षक थिए । 

 

उनको भाईलाई नेपाल आर्मीले खप्तडछान्ना गाउँपालिकाको बासकाँटियाबाट पक्रेको सुधा बताउँछिन् । द्वन्द्वको समयमा नेपाल आर्मीले आफ्नो भाईलाई जीवित राख्छन् वा राख्दैनन् भन्ने चिन्ताले दीपकलाई पिरोली रहेको थियो । विद्यालय बाट घर फर्किने क्रममा माओवादीबीच बाटोमा भेट भयो । सो क्रममा माओवादी संग विवाद हुँदा आफ्ना श्रीमान दीपकको हत्या गरेको उनले सुनाइन् । श्रीमानको निधनपछि एउटै छोरीलाई आफ्नो जीवन समर्पण गरेकी सुधाले आँखाबाट आँसु झार्दै उक्त घटनाको बेली विस्तार बताइन् । उनले भनिन, छोरीको उज्वल भविष्यका लागि अहोरात्र खटिएर काम गर्नु परेको छ । यो समस्या उनको मात्रै होइन । द्वन्द्वको समयमा पुरुष भन्दा बढी नागरिकहरू पीडामा छन् । 

 

छविसपाथिभेरा कै मधुली बुढाको पीडा पनि सुधाको जस्तै छ । तत्कालिन् नेपाल आर्मीले द्वन्द्वको समयमा नै आफ्नो श्रीमानको हत्या गरेको मधुली बुढा बताउँछिन् । श्रीमानको निधनपछि सम्पूर्ण घर परिवारको सबै जिम्मेवारी मधुलीकै काँधमा आएको बर्षौ भयो । जेनतेन छोरा छोरीको लालनपालन तथा घरायसी काम गरेर उनले जीविका चलाउँदै आएकी छन् । यस्तै छविसपाथिभेरा गाउँपालिका ६ की रामकला बुढाको पनि कथा ब्याथा उस्तै छ । द्वन्द्वको समयमा सुधा, मधुली र रामकला मात्रै नभई धेरै घरपरिवारका मुली व्यक्तिहरुको हत्या भएपछी उनीहरु घरको न घाटको भएका छन् । उनीहरुलाई जीविका चलाउन पनि धौ–धौ भएको समयमा सामाजिक विकास कार्यलयले भने जीविकोपार्जन गर्नका लागी सहजता गराउने उद्देश्यले ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । जयपृथ्वी नगरपालिकाका १६ जना द्वन्द्व प्रभावित परिवारका सदस्यहरू र १६ जना छविसपाथिभेरा गाउँपालिकाका द्वन्द्व प्रभावित परिवारका सदस्यहरूलाई उक्त तालिम दिएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख प्रयागराज जोशीले बताए । 

 

गाउँमा आय आर्जन गरेर जीविको पार्जन गर्न समस्या भएको समयमा भारतमा गएर मजदुरीको काम गर्ने गरेको सुधाले सुनाईन । उनले सामाजिक विकास कार्यालयले दिएको यो ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएर राम्रो काम गरेको र अब आफुहरु तरकारी खेती गरेर जीविको पार्जन गर्नका लागी यो कार्यक्रमले ठुलो सहयोग गरेको मधुली बुढाले बताईन् । घरमा आफ्नो आयस्रोत शुन्य भएको बताउदै सुधा देवि जप्रेलले भनिन्, ‘ विगतका बर्षहरुमा भारतका विभिन्न शहरहरुमा पुगेर घाँस काट्ने काम गर्दै आएकी थिए । घरमा जग्गा जमिन भएपनी सिप नभएर भारतमा मजदुरी गरेर जम्मा पारेको रकमले छोरीको पढाई खर्च र आफ्ना लागी खाने कुराको जोहो तथा एक सरो कपडाको जोहो गर्दै आएकी थिएँ । अब हातमा सिप र मौसमी तथा बेमौसमी तरकारी खेतीका बारेमा ज्ञान पाएका कारणले घरमा नै तरकारी उत्पादन गरी जीविको पार्जन गर्न आफुलाईसजिलो हुने जप्रेलले बताईन् । 

 

सामाजिक विकास कार्यालयले नै तरकारीको विउ विजन खरिद गर्नका लागी नगद रु २० हजार समेत दिएका कारण आफ्ना लागी निकै नै राम्रो भएको र यस रकमले नै तरकारी ब्यावसायी गरेर जीविका चलाउन सकिने जप्रेलले बताईन् । यता सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख प्रयागराज जोशीले सुधा जप्रेल मात्रै नभएर जयपृथ्वी नगरपालिका र छविसपाथिभेरा गाउँपालिकाका द्वन्द्व प्रभावित परिवारका सदस्यहरूलाई ७ दिने सीपमुलक मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी सम्पूर्ण ज्ञान दिएको बताए । ३२ जना परिवारका सदस्यहरूलाई यो ७ दिने तालिमले जीविको पार्जन गर्नका ठुलो मद्धत पुग्ने विश्विास आफुले लिएको जोशीले बताए । साथै घरमा आय स्रोत नभएका परिवारका सदस्यहरुका लागि सीपमुलक तालिम मात्रै नभएर विउ विजन खरिद गर्नका लागि पनि नगद २० हजार समेत उपलब्ध गराएका कारण उनिहरुले मौसमी मात्रै नभएर बेमौसमी तरकारी समेत उत्पादन गरी बजारमा विक्री गरेर द्वन्द्व प्रभावित परिवारका सदस्यहरूले आय आर्जन गर्न सक्षम हुने विश्वास आफुले लिएको बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology