मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

औद्योगिक ग्राम

पठनपाठन

कमला नगरपालिका

खानेपानी

लुम्बिनी विकास कोष

लैङ्गिकमैत्री शहर निर्माण गर्न महानगरपालिका लागिपरेको छ : उपप्रमुख डंगोल

Mayorsap

बुध, फागुन २८, २०८१ | १०:१२ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम विशेष प्राथमिकतामा राखिएको बताएकी छन् ।  महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आएकी एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले समतामूलक समाज निर्माण गर्ने, महिलाहरूको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिइन् । 

 

‘लैङ्गिक उत्तरदायी शहर निर्माण, लिंगका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरूको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको उनले बताइन् । कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएको जानकारी गराउँदै उनले वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको र कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको बताइन् । महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको र यस्ता कामबाट उनीहरुको आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकास भएको उनको भनाइ छ । 

 

छलफलमा अध्यक्ष सासाकीले, काठमाडौंले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् । ‘उनले फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पु¥याउने र उनीहरुलाई भेला गराएर दक्षिण एशियाली मुलुकस्तरीय समिट आयोजना गर्ने लक्ष्य रहेको बताइन् ।’ उनले भनिन्, यसका लागि यहाँको नेतृत्वबाट धेरैलाई प्रेरणा दिन सकिन्छ । यसका लागि हामीले आयोजना गर्ने कार्यक्रममा यहाँलाई बक्ताका रुपमा निमन्त्रणा गर्न चाहन्छौँ ।’ उनले विभिन्न देश र स्थानहरुमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिन् । छलफलमा दक्षिण एशियाली मुलुकहरुमा महिलाहरुको नेतृत्व स्थान, आपसी सिकाइ, भोगाइ आदानप्रदान गर्ने अवसरलगायत विषय उठेका थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology