असामान्य परिस्थिति बनेको भन्दै शंकरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित
Mayorsap
बुध, फागुन २८, २०८१ | १०:२२ बजे

काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको जानकारी दिएका छन् । उनले असामान्य परिस्थिति उत्पन्न भएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।
