मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

डाक्नेश्वरी नगरपालिका

विराटनगर महानगरपालिका

लालबन्दी नगरपालिका

स्तनपान कक्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नसर्ने रोग नियन्त्रण अभियान महिना सकिन लागेपछि ७५३ स्थानीय तहलाई सरकारको परिपत्र

Mayorsap

बुध, फागुन २८, २०८१ | १५:१९ बजे

काठमाडोँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोग पहिचान अभियानका रुपमा मनाइरहेको छ ।


मन्त्रालयले यसअन्तरगत मधुमेह, उच्च रक्तचाप, मृगौला सम्वन्धी रोग, शहरिरको उचाइ र तौलको अनुपात जस्ता नसर्ने रोगको पहिचान गर्ने भन्दै अभियान थाल्यो ।
 

सरकारले यो अभियान अत्यधिक भीडभाड हुने गाउँ नगरपालिकाको कार्यालय, विदालय, हाट बजार, वडा कार्यालय आदिलाई लक्षित गरेर संचालन गर्ने भनेर घोषणा पनि गर्यो ।

 

तर रमाइलो कहाँ छ भने १ फागुबाट अभियान सुरु गरेको सरकारले यो अभियानमा साथ दिनुपर्ने स्थानीय तहलहरुलाई भने बल्ल २५ फागुनमा सम्झियो ।
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ फागुनमा नसर्ने रोग पहिचानको अभियान चलिरहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका सबै स्थानीय तहमा पत्राचार गरी यो अभियानमा सहयोग गर्न अपील गरेको छ ।


मन्त्रालयले सबै स्थानीय तहमा नसर्ने रोग पहिचानका लागि हेल्थ डेस्क राख्न भनेको छ । तर अभियानको महिना सकिन ५ दिन हुँदा संघीय मामिला मन्त्रालयमार्फत स्थानीय तहलाई गरेको यो अपील निष्प्रभावी बनेको छ ।
 

कुनै पनि स्थानीय तहले यो अभियान सफल पार्न भनेर हेल्थ डेस्क नराखेको संघीय मामिला कै अधिकारीहरु बताउँछन् ।


स्वास्थ्य मन्त्रालयले अभियान सकिन ५ दिन बाँकी हुँदा पत्राचार गरेपछि यसका लागि स्थानीय सरकार र मातहतका निकायले तयारी नै गर्न नभ्याएको मन्त्रालय र सम्वन्धित स्थानीय तहहरुको भनाइ छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology