मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

घोडाघोडी नगरपालिका

टुकुचा खोला

रावा बेसी गाउँपालिका

नरैनापुर गाउँपालिका

कर्मचारी

काठमाडौं महानगरले चैत १ देखि अनलाइन नागरिकता सिफारिस सेवा सुरु गर्दै

Mayorsap

बुध, फागुन २८, २०८१ | १५:३१ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले १ चैतदेखि नागरिकता सिफारिस प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा सूचना प्रविधि विभागले हालै महानगरका वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सीसीआईएमएस)को प्रयोगात्मक अभ्यास गराउँदै युजरनेम र पासवर्ड उपलब्ध गराएको छ ।


महानगरपालिकाको सेवा प्रवाहलाई डिजिटल बनाउन सुशासन समिति र सूचना प्रविधि समितिले अन्तरसम्बन्धित प्रणाली सञ्चालन गर्ने निर्णय अनुसार अनलाइन नागरिकता सिफारिस प्रणाली लागु गर्न लागिएको हो ।‍


नयाँ प्रणालीअनुसार विवरण प्रविष्ट गर्ने, कागजात प्रमाणित गरी स्क्यान कपी अपलोड गर्ने र विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने कार्य अनलाइनमार्फत हुनेछ । गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणाली हालसम्म २० जिल्लाका करिब २५ सय वडाले प्रयोग गरिसकेका छन् ।


यस प्रणालीमा दुई मोड्युल छन्- इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) जसलाई केवल वडा कार्यालयमा जडान गरिएका कम्प्युटरबाट चलाउन सकिन्छ र एक्सटर्नल मोड्युल ९सार्वजनिक प्रणाली० जसलाई इन्टरनेट भएका कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।


यस सेवाअन्तर्गत नागरिकले वडामा उपस्थित भएर कागजात बुझाउनुपर्ने छ, जसलाई वडा कर्मचारीले अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछन् ।

 

सेवाग्राहीले विवरण रुजु गरेपछि आवश्यक कागजात समावेश गरेर वडा कार्यालयले अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ । नयाँ प्रणाली लागु भएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकताको विवरण पुनस् प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने र स्वीकृति दिन सहज हुने बताइएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology