चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम
Mayorsap
बुध, फागुन २८, २०८१ | १८:५९ बजे

काठमाडौं । आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराए ।
उनले भने, “प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नु पर्ने ब्यहोरा सभा समक्ष जानकारी गराउन चाहन्छु ।”