मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

वडाध्यक्ष

गुल्मीदरबार गाउँपालिका

काठमाडौं महानगरपालिका

बराहक्षेत्र नगरपालिका

केराबारी गाउँपालिका

तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले मार्‍यो ३ गोदाममा छापा

अनुमतिबेगरै खाद्यान्न प्याकिङ, अनुसन्धान सुरु

Mayorsap

बुध, फागुन २८, २०८१ | १९:०९ बजे

काठमाडौं । तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ। नागार्जुन नगरपालिका–७ का खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिका–९ मा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिका–९ की कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुन–४ का मुकेश सिंहले सञ्चालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योग गोदाममा बुधबार छापा मारेको हो । 

 

जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले तीन वटा गोदाममा छापा मारेको हो।

 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारेको हो । 

 

ती उद्योगले विभागबाट कुनै पनि अनुमति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएको, खाद्य सामग्री उपयुक्त तरिकाले भण्डारण नगरेको पाइएको छ। ती गोदाममा चामल, चिउरा र पिठोका बोराहरू प्याकिङ गरी बाहिर बजारमा पठाइने गरिएको थियो।  तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology