Ad Image

अन्तरपालिका फुटबल प्रतियोगिता : दक्षिणकाली र तारकेश्वर विजयी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742058020.jpg

काठमाडौं । काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ मा दक्षिणकाली नगरपालिका विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १–० गोलले हरायो । दक्षिणकालीलाई जित दिलाउन नवीन कर्माचार्यले ५४ औं मिनेटमा गोल गरे । उनी प्लेयर अफ द म्याच चुनिए । उनलाई दक्षिणकाली नगरपालिकाकी उपप्रमुख वसन्ती डंगोलले पुरस्कार गरिन् ।

 

यस्तै काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा शनिबारदेखि सुरु प्रतियोगिताको अर्को खेलमा तारकेश्वरले बूढानीलकण्ठ नगरपालिकालाई १–० ले हरायो । तारकेश्वरका विवश गुरुङले १२ औं मिनेटमा निर्णायक गोल गरे । उनी प्लेयर अफ म्याच पनि घोषित भए । उनलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार प्रदान गरे । विजेताले २ लाख र उपविजेता टोलीले १ लाख रुपैयाा पुरस्कार प्राप्त गर्नेछन् ।