पीएम कपमा आज तीन खेल हुँदै


काठमाडौं । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार व्यहोरेको छ ।
त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार व्यहोरेको छ ।
त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार व्यहोरेको छ ।