Ad Image

मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742093781.jpg

विराटनगर । मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक २४ वर्षीय आशिष राई रहेका छन् । शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटना गम्भीर घाइते राईको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ​​​​​​​मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।