Ad Image

एमाले सिरहा अधिवेशन : सर्वसम्मत नेतृत्व चयनमा सकस

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744215411.jpg

सिरहा ।  सिरहामा नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनमा आजदेखि बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा गुट–उपगुट सक्रिय भएकाले सर्वसम्मत जिल्लाको नेतृत्व चयनमा सकस परेको हो । सर्वसम्मत नेतृत्व चयनमा सकस भएपछि एमालेले नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य गंगा प्रसाद यादवको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । 
 

अध्यक्ष मण्डलमा रामवति राम, रामपृत राम, राम औतार यादव र मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई राखिएको छ । अब अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ । आजको बन्दसत्रमा विभिन्न प्रतिवेदन पेश र अध्यक्ष मण्डल चयन मात्र भएको एक नेताले जानकारी दिए ।
 

मंगलवारदेखि सिरहामा सुरु भएको एमाले जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सम्बोधनका क्रममा उनले नेतृत्व सम्भवतः सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाएका थिए ।