Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कांग्रेसको महिला संघका २० जना केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३२ गते १५:२०
Image of storage/news/1744796100.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । अस्तव्यस्त अवस्थामा रहेको संगठनको विवाद मिलाउन नेतृत्वले चासो नदिएको भन्दै बुधबार २० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन्।

 

राजीनामा दिनेमा शेखर–गगन पक्षका चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा।अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।

 

यसअघि उनीहरूले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरूले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ’ भन्ने ज्ञापन पत्र बुझाएका थिए । 
 


Facebook Comments