Ad Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745223095.jpg

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका ३१ बस्ने २९ वर्षीया उरूषा क्षेत्री, नुवाकोट विदुर नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।

 

पक्राउ परेका मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु  भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन बनेका थिए ।
 

उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो ।

 

पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।