Ad Image

भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने एमालेको लक्ष्य

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745408622.jpg

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा ४० वर्ष मुनिका युवाहरु उतार्ने भएकाे छ । यसका लागि वडा स्तरसम्मकाे कमिटिहरुमा सर्कुलर जारी भैसकेकाे छ ।


लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको हो । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए ।


उनले भने, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ । एमालेको ४० वर्षमुनिका युवाहरु सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेका छौं । भोलि एक लाख युवाहरुलाई हामी स्वागत गर्दैछौं ।’


उनले भोलि एक लाख युवाहरुले देश बनाउँछु भन्ने संकल्प गरेर अघि बढ्ने बताए । भोलिको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।