Ad Image

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745821229.jpg

काठमाडौँ । आज सुनको मूल्य तोलामा रु. एक हजार ४०० ले गिरावट देखिएको छ ।


आइतबार प्रतितोला रु. एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु. एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. २० घटेर  एक हजार ९७० कायम भएको छ ।


अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।