क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै स्याङ्तानले १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन बनेका थिए।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आइतबार उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।