गभर्नर नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो: सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा भित्रकै समस्याका कारण ढिलाइ भएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको समेत बताएका छन् । सभापति देउवाले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो ।’
उनले दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्ने गलत चर्चा भइरहेको समेत बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको सदाबी गरे ।