Ad Image

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746530846.PNG

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा नेपालको निधन भएको हो ।

 

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई सोमबार आईसीयूमा राखिएको थियो ।

 

उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार भएका थिए ।

 

पछिल्लो समय नेपाल राजनीतिबाट निष्क्रिय थिए ।