Ad Image

त्रिभुवन विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746614487.PNG

काठमाडौं । राष्ट्रिय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो बसेको बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरलाई मध्यनजर गर्दै सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।

 

अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल–भारत सीमा सुरक्षा, भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा लगायतका विषयमा बैठकमा छलफल भएकाे बताइएकाे छ । बैठकले तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समेत गरेको छ । 

 

त्यस्तै बैठकमा छिमेकी राष्ट्र भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको छ। उनीहरूको अवस्थाबारे कुटनीतिक माध्यमबाट बुझ्ने निर्णय भएको बताइएको छ ।


बैठकमा गृहमन्त्री लेखक, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी थिए ।