Ad Image

जनआन्दोलन घोषणापछि लिङ्देनले भने–हामीले हाम्रो भनौंला तर यो सिंगो देशबासीको आन्दोलन हो

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746695278.PNG

काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

 

आन्दोलनको घोषणा भएपछि कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो सम्पूर्ण देशबासीको आन्दालन भएको बताए । उनले आन्दोलन राजसंस्था र हिन्दु राष्ट्र फर्काउने जनआन्दोलन भएको बताए । लिङ्देनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको दाबी समेत गरेका छन् ।

 

‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशबासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’ उनले भने, ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो।’

 

उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।