Ad Image

अनलाइनबाट स्वास्थ्य बीमा गर्न बोर्डको अनुरोध

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746775767.jpg

ललितपुर । अब स्वास्थ्य बीमाको भुक्तानी अनलाइन माध्यमबाट गर्न सकिने भएको छ ।  नेपाल सरकारले यही बैशाख २३ गते देखि स्वास्थ्य बीमाका बीमितहरुले बीमा नविकरणको भुक्तानी अनलाईनबाटै गर्न सकिने व्यवस्था लागू गरेको हो ।

 

स्वास्थ्य बीमा बोर्डले जारी गरेको विज्ञप्ती अनुसार यो व्यवस्था लागू गर्दै स्वास्थ्य बीमाका बीमितहरुलाई भुक्तानी सहितको नविकरण प्रकृया सहज र समयमै गर्न आग्रह गरेको छ ।

  

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित परिवारले खल्ती (वालेट), ई–सेवा (वालेट), कनेक्ट आई.पी.एस मार्फत घरमुलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरेर सहजै नविकरण गर्न सक्ने छ ।

 

साथै बोर्डले सम्भव भएसम्म सबै बीमितले आलाईन मार्फत आ–आफ्नो स्वास्थ्य बीमा सदस्य नविकरण गर्न अनुरोध गरेको छ ।