Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सरकारलाई सभामुखको निर्देशन–‘भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउनु’

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २४ गते १३:४६
Image of storage/news/1746777715.PNG

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई निर्देशन दिएका छन् ।

 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भारत पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकारलाई रुलिङ गर्न माग गरेसँगै सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

 

उनले भने, ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु ।’

 


Facebook Comments