झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतद्वारा आत्मह*त्या

झापा । झापा गोल्डकपका पूर्वअध्यक्ष एवम् बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्महत्या गरेका छन् । शुक्रबार ५२ वर्षीय बस्नेत बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनले के कारणले आत्महत्या गरे भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले अहिले घटनास्थल सिल गरेको छ ।
बस्नेत झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव थिए । उनी सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
कृष्णबहादुर बस्नेतका जेठा छोरा विनोद बस्नेतकी श्रीमती र एक छोरी छन् ।