Ad Image

देशका विभिन्न स्थानामा आगलागी, २० लाख बराबरकाे क्षति

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746782635.jpg

काठमाडौं । कपिलवस्तु जिल्लाको यशोधारा गाउँपालिका-१ रजवापुर बस्ने अतिउल्लाह मुसलमानको चिया पसलमा आगलागी भएको छ । बिहीबार राति उनको चिया पसलमा आगलागी हुँदा करिब १ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

त्यस्तै सिराहाको कल्याणपुर नगरपालिका-१ कोयलपुर बस्ने २५ वर्षीय शिव कुमार पासवानको घरमा आगलागी भएको छ ।  बिहीबार दिउँसो उनको घुरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टी बस्ने तिलक भट्टको घरमा आगलागी भएको छ ।  बिहीबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल
जलेर नष्ट भएको छ ।

 

सप्तरी जिल्लाको राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने राम नारायण साहको गोठघरमा गए राति आगलागी भएको छ । आगलागीबाट करिब ३ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


नुवाकोटको तारकेश्वर गाउँपालिका-२ बगुवा बस्ने समिर बलाखेको घरमा आगलागी भएको छ । आगलागीबाट कुखुराको खोर र भान्सा घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने  करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

 

यस्तै सुर्खेतको, वीरेन्द्रनगर नगरपालिका-३ एरीचोक बस्ने टिका वलीको वली मार्टमा आगलागी भएको छ । गए राति उनको मार्ट गोदाममा आगलागी हो । विद्युत सर्ट भई उनको मार्टमा आगलागी भएको प्रहरीले जनाए । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।


प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । 

 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।