कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता, गोताखोर परिचालन गरेर खोजी गरिँदै

काठमाडौं । शुक्रबार कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता भएका छन् ।
शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नुहाउन गएका नरहरी गाउँपालिका–१ कोटवारीका १६ वर्षीय बिराज विष्ट बेपत्ता भएका हुन् । शुक्रबार नै दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की पनि बेपत्ता भएका छन्।
उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । उनीहरुको शुक्रबार साँझसम्म खोजी गर्दा नभेटिएपछि शनिबार बिहानदेखि खोजी कार्य जारी गरिएको हो ।
बिराजको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोलीले खोजिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी भुवनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट सुरक्षाकर्मी खटिएको बताइएको छ ।