Ad Image

माग सम्बोधन नभए छुट्टै नागरिक आयोग बनाउने द्वन्द्व पीडितको चेतावनी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746866231.jpg

काठमाडौं । द्वन्द्वपीडितहरूले आफूहरुको माग पूरा नभए छुट्टै नागरिक आयोग बनाउनेले चेतावनी दिएका छन् । द्वन्द्वपीडितहरूले आज माइतीघरमा खबरदारी धर्ना दिँदै पीडित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी दिएका हुन् ।

 

उनीहरुले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले आम द्वन्दपीडित समुदायलाई पूणरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप लगाएका छन् ।


सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।
 

उक्त सूचीप्रति द्वन्द्व पीडितले असन्तुष्टि जनाएका छन् । पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।