श्रीमानको हत्या अभियोगमा श्रीमति पक्राउ


काठमाडौं । श्रीमानको हत्या गरेको अभियेगमा तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गामा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायासी विवादको क्रममा कोदालोको पासो प्रहार गर्दा ५१ वर्षीय पाँचकर्ण गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।