Ad Image

गाेदावरीकाे लेले ललितघुम्ती सडक तीन दिन बन्द हुने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747043234.jpg

ललितपुर । गोदावरी नगरपालिका ५ स्थित लेले बजारबाट ललित घुम्ती सडक तीन दिन बन्द हुने भएको छ । ललित घुम्ती सडक खण्डमा कालोपत्रेको काम हुने भएको हुँदा तीन दिन सडक अवरुद्ध हुने भएको नगरपालिकाले जनाएकाे छ ।



हिजो आइतबार नगरपालिकाले एक सूचना जारी गदै वैशाख २९,३० र ३१ गते सडक प्रयोग गर्ने सवारी साधनहरुलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हाे ।

 

 गोदावरी नगरपालिका ५ वडाका वडा सचिव बालकृष्ण सिलवालले २९, ३० र ३१ गते सडक कालोपत्रे हुने बताए ।

 

उनले भने, ‘सुरुमा एक लेन कालोपत्रको काम सकिएपछि मात्र दोस्रो लेन सुरु गर्ने छौं । सडक प्रयोगकर्ताले बुझिदिनु भयो भने काम गर्न सजिलो हुन्छ ।'