Ad Image

दुधकोशी नदीमा बाढीको जोखिम: निर्माण कार्यका सामग्री हटाउन आग्रह

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747199705.jpg

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बाढीको उच्च जोखिमका कारण नदी किनारका व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ ।

 

गाउँपालिकाको वडा नं. ५ जुवु र वडा नं. ६ मुक्लीबीच बहने दुधकोशी नदीमा ह्युम पाइपमार्फत स्थानीय बासिन्दा र अन्य नागरिकहरूको आवतजावत सहज बनाउन व्यवस्था गरिएको थियो । विशेष गरी वडा नं. ४, ५ र ९ का बासिन्दा उक्त बाटो प्रयोग गर्ने गर्छन् ।

 

तर वर्षात सुरु भइसकेको र नदीको जल सतह निरन्तर बढिरहेको अवस्थामा पटक–पटक मर्मत गरिए पनि ह्युम पाइप बगाउने जोखिम बढेको गाउँपालिकाले जनाएको छ ।

 

गम्भीर जोखिमलाई मध्यनजर गर्दै कुनै पनि समय ह्युम पाइप हटाउनु पर्ने अवस्था आउन सक्ने भन्दै दुधकोशीपारी व्यवसाय सञ्चालन गरिरहेका व्यापारीलाई निर्माण सामग्री तत्काल व्यवस्थापन गर्न आग्रह गरिएको हो ।

 

गाउँपालिकाले जारी गरेको सूचनामा सबै सरोकारवालाहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ ।