Ad Image

स्याङ्जाको पुतलीखेत–सतौं–दरौं सडक मैदानदेखि छरिखोलासम्म जेष्ठ २० गतेसम्म बन्द रहने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747215589.jpg

काठमाडौं । स्याङ्जाको पुतलीखेत–सतौं–दरौं सडक खण्ड स्थित मैदान देखि छरिखोला सडक खण्ड जेष्ठ २० गतेसम्म बन्द रहने भएको छ ।


हिजो मंगलवार अर्जुनचौपारी गाउँपालिकाले एक सूचना जारी गर्दै मैदान देखि छरिखोला सडकमा कालोपत्रे गर्ने कार्य हुने भएकाले सो अवधिभर उक्त सडक प्रयोगकर्तालाई बैकल्पिक मार्ग अपनाउन पालिकाले अनुरोध गरेको हो ।

  
गाउँपालिकाले साना सवारीसाधनहरु पुतलीबजार नगरपालिका वडा नं. १३ चिलाउनेखर्क कार्कीडाँडा हुँदै छरीखोला सडक प्रयोग गर्न आग्रह गरेको छ ।


यस्तै ठूला सवारी साधनहरुले  मुसुरबारी–अर्जुनचौपारी हुँदै स्याङ्जाको सडक प्रयोग गरी आवागमन गर्न सूचनामा जानकारी गरेको छ ।