Ad Image

वनमन्त्री शाही र भुटानका उर्जामन्त्री छिरिङबीच भेटवार्ता, के के भयो कुराकानी ?

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747481150.PNG

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा ररहेका भुटानका उर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ । नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरुबीच आज भेटवार्ता भएको हो ।

 

भेटमा उनीहरुबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

 

त्यस अवसरमा मन्त्री शाहीले भुटानले उर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताएको वन मन्त्रालयले जनाएको छ  । उनीहरुबीच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो ।