इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण


काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ। रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज फेरि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो । जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने।