अमेरिकी पूर्व राष्ट्रपति बाइडनेलाई प्रोस्टेट क्यान्सर


काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। उनको कार्यालयले विज्ञप्ति जारी गरी क्यान्सर हड्डीसम्म फैलिएको पाइएको जानकारी दिएको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि डाक्टरकहाँ परीक्षण गराइएको थियो । त्यस क्रममा शुक्रबार उनमा क्यान्सर रहेको पत्ता लागेको हो । उनको रोगलाई उच्च–ग्रेडको रूपमा वर्गीकृत गरिएको छ र क्यान्सर कोशिकाहरू छिट्टै फैलिन सक्छन् ।
बाइडेन र उनको परिवारले उपचार विकल्पहरूको समीक्षा गरिरहेको बताइएको छ। बाइडेनलाई क्यान्सर भएको थाहा भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘जो बाइडेनको हालैको चिकित्सा निदानबारे सुनेर मेलानिया र म दुःखी छौँ।’ ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।