Ad Image

मन्त्रिपरिषद् बैठक आज बस्दै, पाउला त मुलुकले नयाँ गभर्नर ?

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cabinet_yBaWf1Ut9G.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच डा।विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। 

यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।  गभर्नर नियुक्तिमा ढिलाई हुँदा लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ।