Ad Image

मोटरसाइकल दुर्घटनामा सब–इन्जिनियर चौधरीको मृत्यु

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाटमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

तम्घासतर्फ आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिँदा दाङ गढवा गाउँपालिका–३ का २७ वर्षीय निशान चौधरीको ज्यान गएको हो ।

चौधरी इन्द्र एमके जेभी नामक निर्माण कम्पनीमा सब–इन्जिनियरको रूपमा कार्यरत थिए । 

उनले आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारूले जानकारी दिए ।

दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।