पोखरामा मापसे र लापसे गरि प्याराग्लाईडिङ गर्ने एकजना पाईलट पक्राउ


कास्की । कास्कीमा ट्राफिक प्रहरीले प्याराग्लाईडिङ गर्ने पाईलटहरुको मापसे र लापसे चेकजाँच सुरु गरेको छ । सोमबार पोखरा महानगरपालिका वडा नं. १८ सरांकोटस्थित प्याराग्लाईडिङको उडान भर्ने स्थानमा गएर मापसे र लापसे चेकजाँच गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी) श्याम बाबु ओलियाको उपस्थितिमा चेकजाँच गरेको हो ।
३९ जना पाईलटहरुलाई मा.प.से. र सोही मध्येका १५ जना पाईलटहरुलाई ला.प.से. चेकजाँच गर्दा १ जना पाईलटको मा.प.से. र ला.प.से. दुवै सेवन गरेको पाइएको छ । उनलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।