Ad Image

प्रधानमन्त्री ओलीलाई बालेनको जवाफ– भ्रष्टाचारीको नाइकेको कार्यक्रममा गइदिनु पर्ने ?

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Balen_Oli.jpg_NgvFQyDGlR_BupJJIKjbe.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उपस्थित नभएपछि अबदेखि नबोलाउन भनेका थिए । सोमबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले प्रधानमन्त्रीको टिप्पणीको जवाफ दिँदै कार्यक्रममा नजाने बताएका छन् ।  

बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टाचारीलाई जोगाएको समेत आरोप लगाए । आफूले भ्रष्टाचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टाचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको उनको आरोप छ । 

‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, उनले लेखेका छन्, ‘त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने रु’ उनले अगाडि लेखेका छन्, ‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’