लेखा समितिको बैठकमा सत्ता र विपक्षी सांसदबीच भनाभन


काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच भनाभन भएको छ ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तारुढ दलकै सांसद सभापति हुनु आपत्तिजनक रहेको बताएपछि नेकपा एमाले, एकीकृत समाजवादी र स्वतन्त्र सांसदहरूबीच विवाद उत्पन्न भएको हो ।
मोदीले लेखा समितिमा निष्पक्षता हुनु पर्ने भन्दै सभापतिको पद सत्तापक्षसँग हुनु नहुने धारणा राखेपछि एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र अन्यबीच सवाल जवाफ चलेको थियो ।
सभापति ऋषिकेश पोखरेलले बैठकलाई दलीयकरण नगर्न आग्रह गर्दै नियम अनुसार सचिवालयबाट समय निर्धारण भएको स्पष्ट पारे । तर पनि बैठक केहीबेर तनावपूर्ण बनेको थियो । सांसदहरूले समान अवसरको माग गरेपछि क्रमशः बोल्न दिइएको थियो ।