कोठामा अचेत अवस्थामा फेला परेका दिदीबहिनीको मृ*त्यु


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा भाडाको कोठामा अचेत अवस्थामा फेला परेका दिदीबहिनीको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–११ बाफुखोला घर भएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियारको मृत्यु भएको हो ।
पहिचान हुन नसकेको बिषादी सेवनबाट बेहोस भएका उनीहरुलाई उद्धार गरी प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो।
एक जनाको दाङको घोराहीमा र अर्की किशोरीको बाँकेको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। घोराहीमा राति पौने १२ बजेतिर दिपु परियारलाई चिकित्सकले मृत घोषणा गरेका छन् । दिपाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा ११ मा पढ्दै गरेका किशोरीहरु मामा फुपुका छोरी भएको प्रहरीले जनाएको छ ।