शसक्त समूह बनाएर ८४ को निर्वाचन लड्ने मेयर साम्पाङको तयारी


काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलवार यस्तो जानकारी गराएका हुन् ।
उनले दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु आफ्नो उमेद्वार हुने समेत बताएका छन् । मेयर साम्पाङ लेख्छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्र उम्मेद्वार बन्नेछन् !'