धरान उपमहानगरपालिकामा आज शोक बिदा (सूचनासहित)
कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी रोशन लिङ्देनको हिजो भदौ १३ गते घर फर्किने क्रममा वर्षाका कारण आएको बाढीमा परेर निधन भएपछि शोकमा परेका परिवारजनप्रति सम्मान व्यक्त गर्दै नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो।
No Author Assigned | २०८१ भदौ १४ गते ०२:४८
धरान उपमहानगरपालिकाले आज नगरका सामुदायिक विद्यालयहरूमा शोक बिदा दिएको छ।
कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी रोशन लिङ्देनको हिजो भदौ १३ गते घर फर्किने क्रममा वर्षाका कारण आएको बाढीमा परेर निधन भएपछि शोकमा परेका परिवारजनप्रति सम्मान व्यक्त गर्दै नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद दुवाडीद्वारा जारी सूचनामा, आज नगरभरका सबै सामुदायिक विद्यालयहरू बन्द रहने जनाइएको छ।
यस्तो सूचना

Facebook Comments