झापा गाउँपालिका : प्रमुख प्रशासकिय अधिकृत भन्छन -बजेट कार्यन्वयनमा छ, वडाध्यक्ष भन्छन-यो आर्थिक वर्षमा बजेट प्रयोग नै भएको छैन
गाउँपालिका -२का वडाअध्यक्ष हिमाल कुमार चम्लागाईंका अनुसार गाउँसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट हालसम्म प्रयोगमा नै आएको छैन तर, पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले भने चालू आर्थिक वर्षमा बजेटको प्रयोग भईरहेको बताएका छन । झापा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ४९ करोड ५० लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
No Author Assigned | २०८१ भदौ १६ गते ०७:५१
नयाँ आर्थिकवर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापा गाउँपालिकाले बजेट सञ्चालन नगर्दा विकास निर्माणलगायत काम ठप्प भएका छन्।
गाउँपालिका -२का वडाअध्यक्ष हिमाल कुमार चम्लागाईंका अनुसार गाउँसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट हालसम्म प्रयोगमा नै आएको छैन तर, पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले भने चालू आर्थिक वर्षमा बजेटको प्रयोग भईरहेको बताएका छन । झापा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ४९ करोड ५० लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पालिकाको खाता समयमै सञ्चालन नहुँदा विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएको, मृत्यु संस्कारमा दिने रकम दिन नसकिएको झापा गाउँपालिका–२ का अध्यक्ष चम्लागाईंले बताए ।
Facebook Comments