कैलारी गाउँपालिकामा थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा

कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले भदौ २३ र २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

No Author Assigned | २०८१ भदौ १८ गते ०७:५१
Image of storage/news/1725352442.jpg

कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले भदौ २३ र २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

थारु समुदायले परम्परागत रूपमा दुई दिन अट्वारी पर्व मनाउँदै आएका छन्। प्रदेश सरकारले भदौ २३ गते बिदा दिएकोमा कैलारी गाउँपालिकाको कार्यपालिकाले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको जानकारी दिए ।

 

अट्वारी पर्वमा थारु समुदायका पुरुषले व्रत बस्ने परम्परा रहेको छ, र यस पर्वलाई पश्चिम तराईका थारु समुदायले धूमधामका साथ मनाउने गर्छन्।


Facebook Comments