Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं महानगरले घुम्ती प्रयोगशालाबाट खाद्यवस्तुको परीक्षण गर्दै

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २८ गते ०९:४५
Image of storage/news/1734917683.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण गरिरहेको छ ।कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार घुम्ती प्रयोगशालाको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल, नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको थियो । 

 

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच यस अघिनै सम्झौता गरेर कामपा र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गरेका हुन् ।  प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरविपी आर) छ ।

 

दूधमा भएको सोडा, चिनी, नून, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एड्ल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएन एफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एड्ल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए।

 

सङ्कलित खाद्यपदार्थ नमूनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यकपर्ने वाटर बाथ, जलाङश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि प्रयोगशालामा छ । नमूना खाद्य पदार्थ जाँच्नका लागि पिनेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर छन् । 
 

तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफूल जुसमा टिएस एस (सम्पूर्ण घुलनशील ठोस्) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्यूरेट  छ । हानीकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ ।

 

प्रयोगशाला तापक्रम अनुकुलित (एअर कन्डिसन) र सङ्कलित नमूनाका कणहरूको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर पनि रहेको कामपाले जानकारी दिएको छ ।  खाद्यपदार्थ तताउने प्लेट छ । मिठाइमा प्रयोग गरिने अखाद्य रङको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकाले मिठाइमा रङको मिसावट तत्कालै थाहा पाउन सकिन्छ । उपकरणको प्रयोगले बजारबाट सङ्कलित नमूना तत्कालै परीक्षण गरी नतिजा देखाउन सकिन्छ । खाद्य सेवासँग सम्बन्धित अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन ल्याइएको हो ।  


Facebook Comments