पाकिस्तानले गर्यो भारतमाथि आत्मघाती ड्रोन आक्रमण, जम्मु कश्मीरमा ‘ब्ल्याकआउट’
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २५ गते १२:०७
नयाँ दिल्ली । पाकिस्तानले जम्मू कश्मीर र पठानकोटमा आत्मघाती ड्रोनबाट आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार राति ८ बजे पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको छ ।
भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ । सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
यसैगरी पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ।
Facebook Comments