विश्वकप छनोट: नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध खेल्दै
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २६ गते २३:०४
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । आइसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङ विरुद्ध पहिलो खेल खेल्न लागेको हो ।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सिधै विश्वकप छनोटका लागि थाइल्याण्ड पुगेको टोलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा
Facebook Comments